६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. द्वारा आयोजित कार्यक्रममा संस्थाको प्रगति, सुशासनको मूल्याङ्कनको आधारमा आ.व. २०७८/०७९ मा कुल पूँजी ३० करोड भन्दा माथि कारोबार गर्ने संस्थाहरू मध्ये फेन्सी साकोसले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने संस्थाको व्यवस्थापक श्री ठुलोकान्छा भोम्जनले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । संस्थाले प्रथम स्थान हासिल गर्न साथ र सहयोग प्रदान गर्नुहुने संस्थाका सञ्चालक समिति, सल्लाहकार, विभिन्न उपसमिति, अग्रज व्यक्तित्व, शेयर सदस्य, कर्मचारी परिवार, शुभचिन्तक एवम् सम्मान प्रदान गर्नुहुने चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।