फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं स्थापना दिवस कार्यक्रम उद्योग वाणिज्य संघ चितवनको सभाहलमा मिति २०८०।११।११ गते सम्पन्न गरियो । स्थापना दिवसको अवसरमा सदस्य शिक्षा अन्र्तगत सहकारी कानुनी शिक्षा, वित्तीय साक्षरता र साईबर सुरक्षा सम्बन्धी कार्यक्रम क्रमश नेफ्स्कूनका लेखा सुपरीवेक्षण समिति संयोजक इन्द्रराज ज्योती पौडेल, सहकारी वित्त विज्ञ केशव प्रसाद पोखरेल र संस्थाका व्यवस्थापक ठुलोकान्छा भोज्जनले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष श्री मेघराज कँडेल, प्रमुख अतिथिमा नेफ्स्कूनका लेखा सुपरीवेक्षण समिति संयोजक इन्द्रराज ज्योती पौडेल, विशिष्ट अतिथिमा सहकारी वित्त विज्ञ केशव प्रसाद पोखरेल र फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष श्री शंकरप्रसाद घिमिरे रहनु भएको थियो । कार्यक्रममा साकोस र संघका सञ्चालक समिति, कार्यसमिति, सल्लाहकार, उपसमिति, १५८ जना शेयर सदस्य र कर्मचारीको सहभागिता रहेको थियो ।
संस्थाको १३औं स्थापना दिवस कार्यक्रमको संयोजन श्री बालकृष्ण कँडेलले गर्नुभएको थियो भने कार्यक्रममको समापन फेन्सी व्यवसायी संघ चितवन वरिष्ठ उपाध्यक्ष श्री रामप्रसाद पौडेल ज्यूले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाको सचिव पदमबहादुर केसीले गर्नु भएको थियो ।