animated-nepal-flag-image-0007

ज्येष्ठ महिला सदस्य भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न ।

११४औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र फेन्सी व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा संस्थामा आवद्ध रहनु भएका महिला सदस्य मध्ये ज्येष्ठ महिला सदस्य लक्षित रहि ज्येष्ठ महिला सदस्य भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरियो ।

ज्येष्ठ महिला सदस्यलाई कार्यक्रम समाहरोह र घरदैलो मार्फत भेटघाट तथा शुभकामना प्रदान गरियो । सदस्य टिका कुमारी पन्त, विष्णु कुमारी महत, कृष्णा गैरे, इन्द्रमाया ताम्राकार र जानिफा मिया सहित ५ जना सदस्यलाई दोसल्ला, फलफुल र नगद उपलब्ध गरिएको थियो ।

कार्यक्रम फेन्सी साकोस र फेन्सी व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रमको मुख्य संयोजक फेन्सी साकोसका महिला उपसिमित संयोजक मञ्जु माकाजु श्रेष्ठ र सह संयोजक फेन्सी व्यवसायी संघका कार्यसमिति सदस्य अनिता न्यौपाने रहनु भएको थियो । कार्यक्रममा फेन्सी साकोस र फेन्सी व्यवसायी संघका पदाधिकारी, सञ्चालक समिति, कार्यसमिति, विभिन्न उपसमिति र कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी मनिता थापाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.