२०८१ भदौ १० गते सोमबार
चितवन जिल्लामा संचालित फेन्सी व्यवसायीहरुको छाता संगठन फेन्सी व्यवसायी संघ चितवन र फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा नेपाली नारीहरुको महान् चाड हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष शंकर घिमिरेको अध्क्षतामा सम्पन्न कार्यक्रममा एचआईभी संक्रमित एवं सामाजिक व्यक्तित्व निर्मला पौडेल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले तीज पर्बको धार्मिक तथा सास्कृतिक महत्व रहि आएको वताउँदै तीज पर्व मनाउँदा संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने वताउनु भयो । एचआईभी संक्रामत तथा एकल महिला भएकै कारण आफुले भोगेको विभेदको बारेमा जानकारी गराउँदै उहाँलै समाजमा हुने यस्ता खालका विभेदको अन्त्य गर्न आवश्यक रहेको वताउनु भयो ।
फेन्सी व्यवसायी संघका सचिव टंक सापकोटाले संचालन गर्नु भएको कार्यक्रममा फेन्सी बचत तथा ऋण सहकारी सस्था लिमिटेडका संचालक सदस्य तारादेवी पण्डितले स्वागत मन्तव्य व्यक्त राख्नु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य सुनिता लिगल कर्माचार्य, फेन्सी साकोसका सचिव पदम बहादुर केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संघ र साकोसका पदाधिकारी कार्यसमिति/सञ्चालक समिति, सल्लाहकार, विभिन्न उपसमिति, कर्मचारी लगायतका सहभागिता रहेको थियो । सो अवसरमा फेन्सी साकोस र फेन्सी व्यवसायी संघका महिलाहरु सदस्यहरुले तीज गित गाएर दर खाई मनोरञ्जन गरेका थिए ।