फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा भरतपुर ३ कमलनगर स्थित पर्व ब्याङ्क्येटमा सम्पन्न भएको छ । कुल सदस्य १७२२ मध्ये ६३।३५ प्रतिशत सदस्यको सहभागितामा कार्यक्रम सभ्य, भव्य रुपमा सम्पन्न भएको छ । सभाको सभाध्यक्षमा मेघराज कँडेल, प्रमुख अतिथिमा नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक ईन्द्रराज ज्योती पौडेल, विशिष्ट अतिथिमा फेन्सी व्यवसायी संघका अध्यक्ष शंकरप्रसाद घिमिरे, भरतपुर महानगरपालिका नगरकार्यपालिकाको कार्यालय सहकारी तथा रोजगार प्रवद्र्धन शाखा भरतपुर, चितवनका प्रमुख जिवलाल कुँवर र अधिवक्ता जगन्नाथ भण्डारी रहनु भएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, फेन्सी व्यावसायी संघका कार्यसमिति, संस्थाका विभिन्न उपसमिति, एवम् कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन उपध्यक्ष बालकृष्ण कँडेलले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव पदम बहादुर केसीले गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न निम्न विधामा सदस्यलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
सम्मान कार्यक्रमः बचत कार्यक्रम तर्फ
असल बचतकर्ता सदस्य श्री लक्ष्मी कँडेल फुयाल, न्यू दीक्षणकाली फेमेली च्वोईस, हाकिमचोक
असल बचतकर्ता सदस्य श्री तुलसी खरेल अधिकारी, न्यू मनकामना गहना पसल, मिलनरोड
असल बचतकर्ता सदस्य श्री जगतमान श्रेष्ठ, श्रेष्ठ आर कलेक्सन, कोमलनरायण मार्ग
असल बचतकर्ता सदस्य श्री विकास अधिकारी, पशुपतिनाथ गिफ्ट एण्ड टोयज, पुतलीबजार
सम्मान कार्यक्रमः ऋण सेवा तर्फ
उत्कृष्ट कारोबारी सदस्य श्री शान्ती खतिवडा खत्री, धरान कलेक्सन, हङकङबजार
उत्कृष्ट कारोबारी सदस्य श्री सुदर्शन बस्याल, पि यु कलेक्सन, कमलनगर
उत्कृष्ट कारोबारी सदस्य श्री चुन नारायण श्रेष्ठ, न्यु आर सी कलेक्सन, संगम मिनी मार्कट
सम्मान कार्यक्रमः बाल बचत कार्यक्रम तर्फ
असल बचतकर्ता सदस्य श्री अर्नब बस्याल, अनुस्का कलेक्सन, कमलनगर
असल बचतकर्ता सदस्य श्री कृतिका पसाई, श्री गणेश फेन्सी स्टोर, गंगोत्रीमार्ग
सम्मान कार्यक्रमः डिजिटल बैंकिङ सेवाको प्रयोग तर्फ
नियमित कारोबारी सदस्य श्री सुरक्षा श्रेष्ठ (क्यू.आर.बाट सबै भन्दा बढी कारोबार), उत्सब ट्रेडिङ्
नियमित कारोबारी सदस्य श्री गुणनिधि आचार्य (मोबाईल बैंकिङ सबै भन्दा बढि पटक कारोबार), कुशल एण्ड कृपा स्टोर्स
सम्मान कार्यक्रमः संस्थामा आफै उपस्थित भई नियमित कारोबार गर्ने सदस्य तर्फ
नियमित कारोबारी सदस्य श्री लेखनाथ कँडेल
कार्यक्रममा पूर्व सञ्चालक, पूर्व उपसिमित, सल्लाहकार, उत्प्रेरक, कर्मचारीलाई समेत मायाको चिनोद्धारा सम्मान गरिएको थियो ।
यसैबिच संस्थाको निर्वाचन कार्यक्रम पनि सफलता पूर्वक निर्विरोध रुपमा सम्पन्न भएको छ । नव सञ्चालक समिति र लेखा सुरिवेक्षण तपसिल बमोजिम रहनु भएको छ । निर्वाचन कार्यक्रम निर्वाचन उपसमिति संयोजक अभिवक्ता जगन्ननाथ भण्डारी, सदस्य विजय घिमिरे, विष्णुप्रसाद श्रेष्ठ लगायतका टिमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
सञ्चालक समिति
अध्यक्ष श्री पदम बहादुर केसी
उपाध्यक्ष श्री तारादेवी पण्डित
सचिव श्री निरोज न्यौपाने
कोषाध्यक्ष श्री रामचन्द्र सुवेदी
सदस्य श्री विष्णु प्रसाद ढकाल
सदस्य श्री छायादत्त पौडेल
सदस्य श्री दिपक नेपाल
सदस्य श्री सान काजी श्रेष्ठ
सदस्य श्री मिना देवी ढकाल
सदस्य श्री झविलाल सापकोटा सदस्य
श्री राम बन्धु पौडेल
लेखा सुपरिवेक्षण समिति
संयोजक श्री भोजेन्द्र पौडेल
सदस्य श्री बलराम पाण्डेय
सदस्य श्री कमला आले
नव निर्वाचित सम्पूर्णलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।
पूर्व अध्यक्ष मेघराज कँडेल एवं फेन्सी साकोस परिवार ।