२०८१ असोज ५ गते शनिवार,
सामाजिक उत्तरदायित्व बहन गर्दै फेन्सी व्यवसायी संघ र फेन्सी साकोसको आयोजनमा नो पार्किङ् स्टान्ड हस्तान्तरण कार्य्रक्रम भरतपुर ३, कमलनगरमा सम्पन्न गरियो । कार्यक्रममा फेन्सी व्यवसायी संघबाट ५ थान र फेन्सी साकोसबाट ५ थान गरि जम्मा १० वटा स्टाण्ड संघका अध्यक्ष शंकर प्रसाद घिमिरे र साकोसका अध्यक्ष पदम बहादुर केसीबाट संयुक्त रुपमा श्री गणेश बजार व्यस्थापन समितिका अध्यक्ष मुक्ति प्रसाद रिजाललाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा फेन्सी संघ र साकोसका पदाधिकारी, कार्यसमिति/सञ्चालक समिति, साकोसका व्यवस्थापक, उपसमिति, गणेश बजार व्यवस्थापन समिति लगयतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।