animated-nepal-flag-image-0007

ज्येष्ठ नागरिकलाई भोजन गराउने कार्यक्रम सम्पन्न ।

फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं स्थापना दिवसको अवसरमा देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) तनहुँमा रहनु भएको ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक सम्मान अन्र्तगत बृद्धा आश्रममा भोजन गराउने कार्यक्रम सम्पन्न गरियो । कार्यक्रम फेन्सी साकोस र फेन्सी व्यवसायी संघको संयुक्त आयोजनामा भएको थियो ।

कार्यक्रमको अध्यक्षता साकोसका अध्यक्ष पदमबहादुर केसी ज्यूले गर्नु भएको थियो । कार्यक्रममा कार्यक्रम संयोजक तारादेवी पण्डित ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । संघका अध्यक्ष रामप्रसाद पौडेल, साकोसको अध्यक्ष पदमबहादुर केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा फेन्सी साकोसको पदाधिकारी एवम् सञ्चालक समिति, फेन्सी व्यवसायी संघका पदाधिकारी एवम् कार्यसमिति सदस्य, विभिन्न उप समिति सदस्य, व्यवस्थापन लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन सह–संयोजक विकास सापकोटाले ज्यूले गर्नु भएको थियो । वृद्धाश्रममा हाल ३५ जना ज्येष्ठ नागरिक रहनु भएको समाज कल्याण केन्द्रका व्यवस्थापक रक्षा आचार्यले बताउनु भएको थियो ।

कार्यक्रममा उक्त केन्द्रमा रहहनु भएका ज्येष्ठ नागरिकलाई संस्थाबाट रु.८०००।०० (आठ हजार) बराबारको खाना खुवाउने व्यवस्था गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव निरोज न्यौपाने ज्यूले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.