फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं स्थापना दिवस कार्यक्रम उद्योग वाणिज्य संघ चितवनको सभाहलमा मिति २०८१।११।११ गते सम्पन्न गरियो । स्थापना दिवसको अवसरमा सदस्य शिक्षा अन्तर्गत बचत तथा ऋण शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो । अभिमुखिकरण कार्यक्रमको सहजिकरण सहकारी वित्त विज्ञ एवम् नेफ्स्कून पूर्व कोषाध्यक्ष केशवप्रसाद पोखरेलले गर्नु भएको थियो ।
कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष श्री पदमबहादुर केसी, प्रमुख अतिथिमा सहकारी वित्त विज्ञ केशव प्रसाद पोखरेल र विशिष्ट अतिथिमा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष श्री रामप्रसाद पौडेल रहनु भएको थियो । कार्यक्रममा साकोस र संघका सञ्चालक समिति, कार्यसमिति, सल्लाहकार, लेखा समिति, परामर्श समूह, उपसमिति, शेयर सदस्य र कर्मचारीको सक्रिय सहभागिता रहेको थियो ।
संस्थाको १४औं स्थापना कार्यक्रमको संयोजन श्री तारादेवी पण्डितले गर्नुभएको थियो भने कार्यक्रममको समापन संस्थाको अध्यक्ष पदमबहादुर केसीले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाको सचिव निरोज न्यौपानेले गर्नु भएको थियो ।