animated-nepal-flag-image-0007

Loan Product

सदस्यको व्यवसाय प्रवद्र्धनका लागि विना धितो, बचत जमानी, सदस्य धनजमानीको आधारमा लगानी गरिने ऋण ।

  • सदस्यता लिएको ३ महिना पुरा पुगेको हुनुपर्ने ।
  • व्यवसाय सञ्चालन गरेको हुनुपर्ने ।
  • मासिक बचत नियमित गरेको हुनुपर्ने ।
  • अधितम् ऋण ६ लाख सम्म ऋण पाइने ।
  • ऋणको अवधि बढिमा ३ बर्षको रहने ।
  • व्यवसायीक ऋणको अधिकतम सीमा ननाघ्ने गरि अन्य ऋण नलिएको हुनुपर्ने ।
  • अनिवार्य ऋण बीमा गर्नुपर्ने ।

सदस्यको आफ्नो व्यापार व्यवसाय थप विस्तार गर्नका लागि घर, जग्गा संस्थाको नाममा दृष्टिबन्धक लिई प्रदान गरिने ऋण ।

  • सदस्यता लिएको ३ महिना पुरा पुगेको हुनुपर्ने ।
  • व्यवसाय सञ्चालन गरेको हुनुपर्ने ।
  • मासिक बचत नियमित गरेको हुनुपर्ने ।
  • अधितम् प्रथामिक पूँजी कोषको १० प्रतिशत सम्म ऋण पाइने ।
  • ऋणको अवधि बढिमा १२ बर्षको रहने ।
  • अन्य ऋण नलिएको हुनुपर्ने ।
  •  

सदस्यहरूको व्यवसायलाई प्रवद्र्धन गर्न अल्पकालिन अवधिका लागि बचत जमानत वा अचल धितो जमानतमा प्रदान गरिने ऋण ।

  • सदस्यता लिएको ३ महिना पुरा पुगेको हुनुपर्ने ।
  • मासिक बचत नियमित गरेको हुनुपर्ने ।
  • यो ऋण सेवा प्राप्त गर्न कम्तिमा ४ वटा बचत सेवामा सहभागिता भएको हुनुपर्ने ।
  • व्यावसाय सञ्चालन गरेको हुनुपर्ने ।
  • अधितम् १० लाख सम्म ऋण पाइने ।
  • ऋणको समयावधि १८ महिना सम्मको हुनेछ ।
  • अन्य ऋण नलिएको हुनुपर्ने ।

साना तथा ठूला व्यवसायी महिला सदस्यहरुको व्यापार व्यवसाय प्रवद्र्धनमा टेवा पुर्याई महिला सदस्यलाई उद्यमी बनाउने उद्देश्यले सहुलियत व्याजदरमा प्रवाह गरिने ऋण ।

  • सदस्यता लिएको ३ महिना पुरा पुगेको हुनुपर्ने ।
  • मासिक बचत नियमित गरेको हुनुपर्ने ।
  • माहिला सदस्यकै नाममा व्यवसाय, प्यान दर्ता भई सञ्चालनमा रहेको हुनुपर्ने ।
  • ऋण लिने महिला सदस्यको उमेर ५० वर्ष ननाघेको हुनुपर्ने ।
  • अधितम् प्रथामिक पूँजी कोषको ५ प्रतिशत सम्म ऋण पाइने ।
  • ऋणको समयावधि ९ लाख सम्मको अधिकतम ५ वर्ष सो भन्दा बढी भएमा अधिकतम १० वर्ष सम्मको हुनेछ ।
  • अन्य ऋण नलिएको हुनुपर्ने ।

सदस्य स्वयम् वा सदस्यका आश्रित सन्ततीहरुले उच्चशिक्षा हासिल गर्ने कार्यमा वित्तीय समस्याका कारण उच्चशिक्षा अवरुद्ध हुन नदिन संस्थाले उनिहरुको शैक्षिक प्रमाणपत्र, अध्ययन गर्न चाहेको विश्वविद्यालय वा क्याम्पसको भर्ना स्वीकृतिको पत्रका आधारमा प्रदान गरिने ऋण ।

  • सदस्यता लिएको ३ महिना पुरा पुगेको हुनुपर्ने ।
  • व्यवसाय सञ्चालन गरेको हुनुपर्ने ।
  • मासिक बचत नियमित गरेको हुनुपर्ने ।
  • अधितम् १५ लाख सम्म ऋण पाइने ।
  • ऋणको अवधि बढिमा १२ बर्षको रहने ।
  • अन्य ऋण नलिएको हुनुपर्ने ।

सदस्यको घरायसी व्यवहारमा आईपर्ने आवश्यक घरखर्च तथा खरखाँचो टार्न बचत जमानतमा प्रदान गरिने ऋण ।

  • सदस्यता लिएको ३ महिना पुरा पुगेको हुनुपर्ने ।
  • मासिक बचत नियमित गरेको हुनुपर्ने ।
  • अधितम् २ लाख सम्म ऋण पाइने ।
  • ऋणको अवधि बढिमा २ बर्षको रहने ।

विवाह, व्रतवन्ध, न्वारन, पास्नी, पुराण, मृत्यु संस्कार तथा यस्तै प्रकारका अन्य सामाजिक कार्यका लागि बचत जमानमा प्रदान गरिने ऋण ।

  • सदस्यता लिएको ३ महिना पुरा पुगेको हुनुपर्ने ।
  • मासिक बचत नियमित गरेको हुनुपर्ने ।
  • अधितम् ५ लाख सम्म ऋण पाइने ।
  • ऋणको समयावधि २ वर्ष सम्मको हुनेछ ।

सदस्यलाई व्यक्तिगत प्रयोजनका लागि फर्निचर, मोबाईल फोन, ल्याप्टप, कम्यूटर, वासीङ मेसिन, फ्रीज,एसी, जेनेरेटर, सीसी क्यामेरा जडान, टेलिभिजन, इन्भर्टर खरिद गर्न बचत जमानतमा प्रदान गरिने ऋण ।

  • सदस्यता लिएको ३ महिना पुरा पुगेको हुनुपर्ने ।
  • अधितम् १ लाख सम्म ऋण पाइने ।
  • ऋणको समयावधि २ वर्ष सम्मको हुनेछ ।
  • हायरपर्चेज ऋण नलिएको हुनुपर्ने ।

सदस्यलाई व्यक्तिगत तथा व्यवसायीक प्रयोजनका लागि सवारी साधन खरिद गर्न बचत जमानत वा अचल धितो जमानतमा प्रदान गरिने ऋण ।

  • सदस्यता लिएको ३ महिना पुरा पुगेको हुनुपर्ने ।
  • मासिक बचत नियमित गरेको हुनुपर्ने ।
  • चार पाङ्ग्रे सवारीको हकमा अधिकतम रु. २० लाख सम्म, दुइपाङ्ग्रे सवारीको हकमा बढीमा रु. तीन लाख सम्म र साईकल खरिदको हकमा बढीमा रु.एक लाख सम्म ऋण लिन सकिने ।
  • ऋणको समायवधि ५ लाख सम्मको २ वर्ष, १० लाख सम्मको ७ वर्ष १५ लाख वा सो भन्दा बढीको लागि १० वर्ष सम्मको रहने ।

सदस्य वा निजको एकाघरको कुनै व्यक्ति बिरामी भई औषधी उपचार गर्नु पर्ने भएमा वा निज वा निजको संरक्षणमा रहेका कसैको मृत्यु भई काजकिरिया गर्नुपर्ने भएमा वा दैवी विपत्ति परेमा प्रदान गरिने ऋण ।

  • सदस्यता लिएको ३ महिना पुरा पुगेको हुनुपर्ने ।
  • अधितम्  ३० हजार सम्म ऋण पाइने ।
  • ऋणको समयावधि ६ महिना सम्मको हुनेछ ।

सदस्यको घरघडेरी खरिद तथा घर निर्माणका लागि अचल धितोमा प्रदान गरिने ऋण ।

  • सदस्यता लिएको ३ महिना पुरा पुगेको हुनुपर्ने ।
  • मासिक बचत नियमित गरेको हुनुपर्ने ।
  • अधितम् प्रथामिक पूँजी कोषको १० प्रतिशत सम्म ऋण पाइने ।
  • ऋणको समयावधि १५ वर्ष सम्मको हुनेछ ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.