animated-nepal-flag-image-0007

तीन दिने बेकरी तालिम आजबाट शुभारम्भ ।

फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक नीति तथा कार्यक्रम बमोजिम फेन्सी व्यवसायी संघ र फेन्सी साकोसको संयुक्त आयोजनमा र आरम्भ पोलिटेक्निक प्रा.लि. को प्राविधिक सहकार्यमा कान्तिपुर बहु प्राविधिक शिक्षालयको तालिमहल भरतपुर ९, चितवनमा बेकरी तालिम शुभारम्भ गरियो ।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षा उपसमिति संयोजक दीपक नेपाल, शुभकामना मन्तव्य फेन्सी व्यवसायी संघका अध्यक्ष रामप्रसाद पौडेल राख्नु भएको थियो । औपचारिक कार्यक्रमको समापन संस्थाका अध्यक्ष पदमबहादुर केसीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव निरोज न्यौपानेले गर्नु भएको थियो ।

तालिममा संस्थाका २५ जना सदस्यहरुको सहभागि रहनुभएको छ । तालिमको अवधि २०८२ ज्येष्ठ १० गते देखि १२ गते (तीन दिन, १८ घण्टा) सम्म सञ्चालन हुनेछ भने तालिमको सहजिकरण सवारी प्रसाद ओझाले गर्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.