animated-nepal-flag-image-0007

तीन दिने बेकरी तालिम सम्पन्न ।

फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक नीति तथा कार्यक्रम बमोजिम फेन्सी व्यवसायी संघ र फेन्सी साकोसको संयुक्त आयोजनमा र आरम्भ पोलिटेक्निक प्रा.लि. को प्राविधिक सहकार्यमा कान्तिपुर बहु प्राविधिक शिक्षालयको तालिमहल भरतपुर ९, चितवनमा बेकरी तालिम सफलतापूर्वक सम्पन्न भएको छ । तालिममा सहभागिको तर्फबाट अनिशा सापकोटा, र सन्तोष पोख्रेल ज्यूले तालिमको समीक्षा एवम् अनभुव राख्नु भएको थियो । आरम्भ पोलिटेक्निक प्रा.लि. का तालिम संयाेजक बिनोद सापकोटबाट शुभकमाना मन्तव्य राख्नु भएको थियो ।

तालिममा संस्थाका २५ जना सदस्यहरुको सहभागि रहनु भएको थियो । २०८२ ज्येष्ठ १० गते देखि १२ गते (तीन दिन, १८ घण्टा) सम्म सञ्चालन भएको तालिमको सहजिकरण सवारी प्रसाद ओझाले गर्नु भएको थियो । भने तालिम कार्यक्रमको संयोजन संस्थाका शिक्षा उपसमिति संयोजक दीपक नेपालले गर्नु भएको थियो । तालिम कार्यक्रमको समापन संस्थाका अध्यक्ष पदमबहादुर केसीले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक ठुलोकान्छा भोम्जन (अमित) ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.