animated-nepal-flag-image-0007

फेन्सी साकोसको १४औं वार्षिक साधारण सभा सम्पन्न ।

फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा पर्व ब्याङक्यूट, भरतपुर ३, कमलनगर चितवनको सभाहलमा सभ्य, भव्य रुपमा सम्पन्न भएको छ । सभाको अध्यक्षता संस्थाको अध्यक्ष पदमबहादुर केसीले गर्नु भएको थियो । कार्यक्रममा फेन्सी व्यवसायी संघका अध्यक्ष रामप्रसाद पौडेल, लेखा सुपरिवेक्षण समिति संयोजक भोजेन्द्र पौडेल, संस्थापक अध्यक्ष विजयप्रकार तण्डुकारको उपस्थिति रहेको थियो । यसै गरि कार्यक्रममा साकोसको पदाधिकारी एवम् सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्य, परामर्श समूह, सल्लाहकार, व्यवस्थापन, संघको पदाधिकारी एवम् कार्यसमिति, विभिन्न उपसमिति, शेयर सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका अध्यक्ष पदमबहादुर केसीले राख्नु भएको थियो भने फेन्सी व्यवसायी संघका अध्यक्ष रामप्रसाद पोडेल र परामर्श समूह संयोजक एवम् पूर्व अध्यक्ष श्री मेघराज कँडेल ज्यूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साधारण सभाको अवसरमा सदस्य शिक्षा अभिमूखिकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ । अभिमूखिकरण कार्यक्रमको सहजिकरण बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले गर्नु भएको थियो । अभिमूखिकरण कार्यक्रममा सदस्यले ख्याल गर्नुपर्ने ४ वटा सुगन्धहरू, स्वः मालिक, स्वः लाभ हानीको भागिदार, स्वः व्यवस्थापन, र नियण्त्रण विधिको बारेमा चर्चा गरिनुको साथै समयसापेक्षा शिक्षामूलक विषय वस्तुको वारेमा अभिमूखिकरण गर्नु भएको थियो ।

कार्यक्रमको संयोजन उपाध्यक्ष तारादेवी पण्डितले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव निरोज न्यौपानेले गर्नु भएको थियो ।
यसैबिच संस्थाको लेखा सुपरिवेक्षण समिति सदस्यको निर्वाचन कार्यक्रममा सफलता पूर्वक निर्विरोध रुपमा सम्पन्न भएको छ । लेखा सुपरिवेक्षण समिति सदस्य पदमा पुस्पादेवी तिवारी निर्विरोध हुनु भएको हो । निर्वाचन कार्यक्रममा निर्वाचन उपसमिति संयोजक मेघराज कँडेल, सदस्य बालकृष्ण कँडेल, र ध्रुवप्रसाद बस्ताकोटी लगायतका टिमले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.