नेपाल सरकारको मन्त्री परिषदको मिति २०८२ मंसिर १५ गतेको निर्णयानुसार २०८२ माघ १ गतेबाट बैंक तथा वित्तीय संस्थाले रू ५ लाख वा सो भन्दा बढीको रकमको कारोबार गर्दा अनिवार्य एकाउन्टपेयी वा सम्बन्धित व्यक्ति, फर्मको खाता मार्फत गर्नुपर्ने गरि निर्णय भए अनुसार यस संस्थाबाट पनि निक्षेप/बचत भुक्तानी लगायतको कारोबार गर्दा रु. ४,९९,९९९ (चार लाख उनान्सय हजार नौ सय उनान्सय) सम्म मात्र नगदमा हुने र सो सीमा भन्दा माथिको कारोबार बैंकिङ च्यानल (चेक वा डिजिटल माध्यम) मार्फत हुने ब्यहोरा यसै सूचना मार्फत सम्पूर्ण सेयर सदस्य लगायत सम्बन्धित सबैमा सूचित गरिन्छ ।

