भरतपुर, चितवन ।
फेन्सी बचत तथा ऋण सहकारी संस्था र फेन्सी व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । सोमबार उद्योग वाणिज्य संघको सभा हलमा भएको कार्यक्रमको प्रमुखअतिथि जिल्ला बचत तथा सहकारी संघका अध्यक्ष विद्या कोइराला, अतिथि उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति सदस्य अस्मिता तिमल्सिना रहनुभएको थियो । मीनादेवि ढकालको संयोजन एवं सङ्गीता उपाध्यायको सहसंयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा फेन्सी साकोस नारायणगढका अध्यक्ष पदमबहादुर केसी र फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलको उपस्थिति रहेको थियो । यस्तै फेन्सी साकोस र फेन्सी व्यवसायी संघका सञ्चालक समिति/कार्यसमिति, लेखा सुपरीवेक्षण समिति, परामर्श समूह, सल्लाहकार, लेखा उपसमिति, कर्मचारी, शेयर सदस्यको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन संघका कोषाध्यक्ष पवित्र पौडेलले गर्नु भएको थियो ।