animated-nepal-flag-image-0007

सीताराम संस्कृत विद्यालयमा फेन्सी संघ र साकोसद्वारा न्यानो कपडा वितरण

२०८२ कार्तिक २६, बुधबार । चितवन ।

फेन्सी व्यवसायी संघ चितवन र फेन्सी साकोसको संयुक्त पहलमा देवघाटस्थित श्री सीताराम संस्कृत माध्यमिक विद्यालयका १२६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर र जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी गरिएको उक्त कार्यक्रमले विद्यालय समुदायमा उत्साह जगाएको छ ।

कार्यक्रमका प्रमुख अतिथिमा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेल, रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शरण सिग्देलले गर्नुभएको थियो । विशिष्ट अतिथिको रूपमा फेन्सी साकोसका सचिव निरोज न्यौपाने, शिक्षक–अभिभावक संघका अध्यक्ष शमशेर ब.पण्डित र विद्यालयका प्रधानाध्यापक मिलन घिमिरे सहभागि रहेको थियो ।

कार्यक्रमका संयोजक तथा फेन्सी व्यवसायी संघका प्रतिनिधि प्रविन सापकोटाले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा र विद्यार्थी सहयोगका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँका अनुसार “न्यानो कपडा वितरण अभियानले विद्यार्थीहरूलाई चिसो मौसममा केही सहजता दिलाउने र अध्ययनमा थप उत्साह ल्याउने” विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.